नियम १५
_ सर्भिस राहदानी
(१) विदेशस्थित नेपाली नियोगमा खटी जाने राजदूत, स्थायी प्रतिनिधि, विशेष प्रतिनिधि, महावाणिज्यदूत वा राजपत्राड्गित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणी विहीन कर्मचारीले मन्त्रालयको सिफारिस र साथमा लैजाने पदाधिकारी वा कर्मचारीले आफ्नो कार्यकाल समाप्तिपछि त्यस्ता निजी सहयोगी र श्रेणी बिहीन कर्मचारीलाई आफूसँगै फिर्ता ल्याउने भनी गरेको प्रतिबद्धता पत्र सहित सर्भिस राहदानीका लागि अनुसूची-२ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी विभागले सर्भिस राहदानी जारी गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम जारी हुने सर्भिस राहदानी निजलाई साथमा लिई जाने पदाधिकारी वा कर्मचारीले आफ्नो कार्यकाल पूरा गरी नेपाल फिर्ता आएको पन्ध्र दिनभित्र विभागमा बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम विभागमा प्राप्त भएको राहदानी विभागले अभिलेख राखी रद्द गर्नेछ ।
(५) स्थानीय कर्मचारीको रुपमा. नियोगमा कार्यरत नेपाली नागरिकलाई नियोगको सिफारिस सहित मन्त्रालयबाट लेखी आएमा विभागले सर्भिस राहदानी जारी गर्न सक्नेछ।
(६) कुनै कारणले उपनियम (५) बमोजिमको सर्भिस राहदानी प्राप्त गर्ने व्यक्ति नियोगको सेवाबाट अलग भएमा निजको नाममा _ जारी भएको सर्भिस राहदानी सम्बन्धित नियोगले फिर्ता लिई रद गर्नु पर्नेछ र सोको जानकारी बिभाग, नियोगको प्रमाणिकृत तथा सहप्रमाणिकृत मुलुकको परराष्ट्र मन्त्रालय र विदेशी नियोगलाई दिनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम सर्भिस राहदानी रद्द भएको जानकारी प्राप्त भएपछि विभागले उक्त राहदानी रद्द गरी सोको अभिलेख राख्नु पर्नेछ ।